महाराजको विचार र अवधारणबाट प्रभावित भए: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आफू कृष्णदासजी महाराजबाट प्रभावित भएको बताए । 

सुनसरीको चतरामा शनिवार राष्ट्रपतिद्वारा उद्घाटन महायज्ञमा सहभागी बनेका मुख्यमन्त्री राईले महाराजको विचार र अवधारणबाट प्रभावित भएको बताएका हुन् । 

कृष्णदासजी महाराजको संस्था जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठले आयोजना गरेको श्रीराम तारक ब्रम्ह महायज्ञको उद्घाटन गर्न शनिवार राष्ट्रपति भण्डारी चतरा पुगेकी थिइन् ।

महायज्ञ उदघाटनपछि राष्ट्रपतिको उपस्थितिमा मुख्यमन्त्री राईले प्रदेश १ को हरित अभियानको शुभारम्भ भएको भएको भन्दै आत्मनिर्भर अर्थतन्त्रका लागि हरित अभियानको घोषणा गरेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?