काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभरले महिला फुटबल टिमलाई प्रायोजन सहयोग गरेको छ । युनिलिभरले महिला फुटबल टिमलाई २५ लाख रुपैयाँको प्रायोजन गरेको हो ।
युनिलिभरका प्रबन्ध निर्देशक अमलाल मुखर्जी र अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्झौता पत्रमा हस्ताक्षर गरे ।सम्झौताको अवधि एक वर्षको रहेको बताईएको छ ।
नेपालको महिला फुटबल टिम भर्खरै बंगलादेशमा दुई मैत्रीपूर्ण सिरिजको उपाधि जितेर फर्किएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया