विषाक्त मदिरा सेवनबाट भारतमा ९२ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

विषाक्त मदिरा सेवनबाट कयौं बिरामी परेका छन् भने बिरामीमध्ये ५० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुको भारतको  विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि गत बिहीबार र शुक्रबारमात्रै भारतको कुशीनगरमा विषाक्त मदिरा सेवनका कारण १० भन्दा बढीको मृत्यु भएको थियो । यसैबीच अवैध मदिरा बेचबिखन गरेको अभियोगमा केहीलाई नियन्त्रणमा लिइएको छ । 

अवैध मदिरा बेचविखनमा कडाइ नगरेको भन्दै १० जना प्रहरीलाई निलम्बन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?