काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रीदर १ सय १४ रुपैयाँ ३९ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १ सय २९ रुपैयाँ ०४ पैसा हुँदा विक्रिदर १ सय २९ रुपैयाँ ७२ पैसा रहेको छ । त्यसैगरि, अस्ट्रेलियन डलर एकको खरिददर ८० रुपैयाँ ६२ पैसा र बिक्रीदर ८१ रुपैयाँ ०५ पैसा रहेको छ ।
बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४२ पैसा तोकिएको छ । त्यस्तै आज मंगलवार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा तोकिएको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९६पैसा र बिक्रीदर २८ रुपैयाँ ११ पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ ६५ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया