फागुन पहिलो सातामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने

नवलपरासी । आगामी फागुन २ गतेदेखि नवलपरासीमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक टिमको सहभागिता रहने बताइएको छ । 

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेता हुने टिमले ५१ हजार १ सय १ तथा तेस्रो हुनेले २५ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि राष्ट्रिय भलिबल सङ्घसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?