बेलको गरे एक सयौं गोल

एजेन्सी । रियल म्याड्रिडका खेलाडी ग्रेथ बेलले एक सयौं गोल गर्न सफल भएका छन् । 

जारी ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत एथ्लेटिको म्याड्रिडविरुद्धको खेलमा गोल गर्दै उनले आफ्नो खेल जिवनको एक सयौं गोल पुरा गरेका हुन् । २९ वर्षिय बेलले सन् १९९९ देखि कार्डिफ सिभिल सर्भिसबाट खेल जीवन शुरु गरेका थिए ।

सन् २००६ देखि साउथह्याम्टनमा आवद्ध भएका उनले एक वर्ष त्यहि बिताए । कुल ४० खेल खेलेका उनले ५ गोल गरेका थिए ।

६ वर्ष टोट्नह्याममा बिताएका बेल सन् २०१३ मा स्पेनिस क्लब रियल म्याड्रिडमा आवद्ध भएका थिए । एथ्लेटिको म्याड्रिडविरुद्धको खेलमा रियल ३-१ गोल अन्तरले विजयी हुँदै लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?