एसएसपी बढुवाको निर्णयपछि प्रहरीमा भाँडभैलो, उप्रेतीले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीको एसएसपीका लागि भएको बढुवामा असन्तुष्टि देखिएको छ ।

असन्तुष्टि राजीनामा दिनेसम्मको अवस्थामा पुगेको छ । यही क्रममा एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् । उनले आइतबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् । हाल उनी महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत थिए ।

शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । उप्रेती एसपी बढुवाको सूचीमा परेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?