महानगरले ५० हजारको जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदियो : करिश्मा मानन्धर

लोकपथ
1k
Shares

काठमाडौं । नायिका करिश्मा मानन्धरले काठमाडौं महानगरपालिकाले फिल्म ‘बगान’ लाई कारबाही गरेर ठूलो विज्ञापन गरेको बताएकी छिन् ।

काठमाडौं महानगरपालिकाले काठमाडौंका भित्ताहरूमा चलचित्रको पोस्टर टाँसेर फोहोर गरेको भन्दै चलचित्र ‘बगान’ लाई कारबाही गरेको थियो ।

मानन्धरले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ‘महानगरले हामीलाई ५० हजारको जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो । कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान । जय बालेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?