काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा खेलमा युएई ए लाई १ सय ५७ रनमा अलआउट गरेको छ ।कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएकाे हाे ।
युएईका लागि लभप्रित सिंहले ५२ रनको अर्धशतकीय ईनिङ खेले । इथान डी सोजाले १८ रन बनाए । भलथापाले १६ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले कीर्तिमानी ६ विकेट लिए । श्याम ढकालले २ विकेट लिए भने कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए ।
समूह बी मा दुई खेलमा पराजित भएर बाहिरिसकेका नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा मैदान उत्रिएका छन् ।
नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो । आजै भारत ‘ए’ र पाकिस्तान ‘ए’ बीच खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया