बिग ब्यास लिग क्रिकेट : सन्दीपको तीन विकेटको मदतमा मेलबर्न स्टार्स अन्तिम चारमा प्रवेश

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेट तीन विकेट लिन सफल भएका छन् । 

सिड्नी सिक्सर्सविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गर्नुका साथै उनले तीन विकेट हात पारे ।  आइवार भएको राउन्ड रोविनको अन्तिम खेलमा सन्दीपको टिम मेलबर्न स्टार्सले सिड्नी सिक्र्ससलाई ९४ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा तय ग-यो ।

सन्दीपले ३ दशमलब ४ ओभर बलिङ गर्दै ११ रन खर्चदै तीन विकेट लिन सफल भए । सन्दीपले खेलको पहिलो ओभरमा सिड्नी सिक्सर्सका टोम कुरानलाई १० रनमा ‘एल्बिडब्लु’ आउट गरे । त्यस्तै, उनले तेस्रो ओभरमा बेन ड्वारसुइसलाई सात रनमा पेभेलियनमा फर्काए ।

चौथो ओभरको बलमा उनले चौथो बलमा लोयड पोपलाई आउट गरे ।  

टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार पारेको थियो ।  जवाफी मैदानमाब्याटिङ गरेको सिड्नीले १३ दशमलब ४ ओभरमा सबै विकेटको क्षतिमा मात्र ७४ रनमा समेटिएको थियो ।

 जितपछि मेलबर्न चौथो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?