युएईमाथि नेपालको शानदार जित

लोकपथ
434
Shares
HARARE, ZIMBABWE – JUNE 18: Kushal Bhurtel of Nepal celebrates after reaching their half-century during the ICC Men’s Cricket World Cup Qualifier Zimbabwe 2023 match between Zimbabwe and Nepal at Harare Sports Club on June 18, 2023 in Harare, Zimbabwe. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल युएई ए लाई पराजित गरेको छ । कुशल भुर्तेलले लिएका ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले मात्र २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।

सन्दीप जोरा र देव खनालले समान २४-२४ रन बनाए । युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । इथान डी सोजाले १८ रन बनाउँदा भलथापाले १६ रन बनाएका थिए ।

नेपालका लागि कुशल भुर्तेलले ६ विकेट लिए । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिएका थिए ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् । नेपालले यो सान्त्वना जित हात पारेको हो । युएई भने प्रतियोगितामा जितबिहिन रह्यो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

प्रतियोगिताको फाइनल खेल भने २३ जुलाईमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?