धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीको लाठीचार्ज, गोदानका अध्यक्ष पक्राउ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाएर धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको हो । 

सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेसहित करिब दुई दर्जन सरकारी चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

गोदानले यसअघि नै कर्मचारी समायोजनको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार आइतबार मन्त्रालयमा घेराउ गर्न गएका उनीहरु मन्त्री र सचिवको कार्यकक्ष भएकै तल्लामा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो । 

कर्मचारी समायोजनको विषयलाई लिएर मन्त्रालयसित पहिले नै सम्झौता भए पनि त्यसलाई कार्यान्वयन नभएपछि गोदान  विरोध प्रदर्शनमा उत्रिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?