महिला विश्वकप फुटबल आजदेखि, उद्घाटन खेलमा न्युजिल्यान्ड र नर्वे भिड्दै

लोकपथ
112
Shares

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आज बाट अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा समुह ‘ए’ अन्र्तगतका दुई खेल आजै हुँदैछन् ।

आयोजक न्युजिल्यान्ड र नर्वेबीच अकल्यान्डमा प्रतिस्पर्धा हुनेछ । अस्ट्रेलिया र आयरल्यान्डबीच सिड्नीमा अर्को खेल हुनेछ । प्रतियोगिता आगामी अगस्त २० सम्म सञ्चालन हुनेछ ।

महिला विश्वकपमा ३२ टोली सहभागि हुँदैछन् । यसअघि २४ टोली मात्र खेलमा सहभागि भएका थिए । जसअनुसार एसियाबाट छ, अफ्रिकाबाट चार, उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट चार, दक्षिण अमेरिकाबाट तीन, ओसेनियाबाट एक र युरोपबाट ११ राष्ट्र सहभागी हुँदैछन् । थप तीन राष्ट्रको टुंगो भने इन्टर कन्फिड्रेसन प्ले अफ प्रतियोगिताबाट लाग्ने छन् ।

सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा सन् २०११ सम्म १६ टिम मात्र सहभागि थियो । चार वर्षअगाडि फ्रान्समा भएको प्रतियोगितामा टिमको संख्या २४ पुगेको थियो । अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न १२ वटा सहरमा खेलाइने महिला विश्वकपको नवौं संस्करणमा पुरस्कार राशि पनि वृद्धि गरिएको छ । झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पु¥याइएको छ ।

महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ को नोभेम्बर १६ देखि ३० सम्म चीन, दोस्रो १९९५ जुन ५ देखि १८सम्म स्विडेन, तेस्रो १९९९ जुन १९ देखि जुलाई १० सम्म अमेरिका,चौथो २००३सेप्टेम्बर २० देखि अक्टोबर १२ सम्म अमेरिकामा भएको थियो । त्यस्तै, पाँचौं संस्करण सन् २००७ सेप्टेम्बर १० देखि ३०सम्म चीन, छैटौं २०११ जुन २६ देखि जुलाई १७ सम्म जर्मनी, सातौं २०१५ जुन ६ देखि जुलाई ५ सम्म क्यानडा र आठौं २०१९ जुन ७ देखि जुलाई ७ सम्म फ्रान्समा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?