काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
हिजो प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा करोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया