विश्वका चर्चित ‘फस्ट लेडी’, मोडलदेखि गायिकासम्म

-सिर्जना मिश्र 

काठमाडौं । ‘फस्ट लेडी’ कुनै पनि देशको सम्मानिय पदमा रहेको व्यक्तिको श्रीमतीका रुपमा चिनिन्छन् ।

एक पुरुषलाई सफल बनाउन श्रीमतीले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । साथै, देशको सम्मानिय पदमा रहेको आफ्नो जीवनसाथीलाई सफल बनाउन अहोरात्र भुमिका खेल्ने भएकाले पनि ‘फस्ट लेडी’को विशेष महत्व रहन्छ ।

विश्वका चर्चित ‘फस्ट लेडी’ कस्ता छन् र उनीहरु के-कस्ता पेसामा आवद्ध छन् ?

मेलानिया

मेलानिया ट्रम्प अमेरिकाकी ‘फस्ट लेडी’ हुन् । 

स्लोभेनियामा जन्मिएकी मेलानिया इटाली र फ्रान्समा मोडलिङ एजेन्सीमा आवद्ध थिइन् । उनी मोडलिङकै क्रममा सन् १९९६ मा न्युयोर्क आएकी थिईन । न्युयोर्क आएको छोटो समयमै यी सुपर मोडल डोनाल्ड ट्रम्पकोे स्वामित्वमा रहेको मोडलिङ कम्पनीसँग आवद्ध भइन् ।

मोडलिङ गर्ने क्रममा नै मोनालिया र ट्रम्पबीच अफेर शुरु भएको थियो । उनीहरुले सन् २००५ मा विवाह गरेका थिए ।

२. पेङ लियुआन

चिनीयाँ राष्ट्रपति सी जिन पिङकी श्रीमती पेङ लियुआन लोकगायिका हुन् । सन् २०१२ देखि सन् २०१७ सम्म उनी जनमुक्ति सेनाको आर्ट एकेडेमीकी अध्यक्ष समेत थिइन् ।

उनी आफ्नो सहयोगी र उदार मनका कारण लोकप्रिय छिन् । अन्तर्राष्ट्रिय मिडियाहरुले पुर्व बेलायती राजकुमारी डायना र अहिलेकी बेलायती राजकुुमारी केट मिडिलटसँग उनको तुलना गर्दै आइरहेको छ ।

गायनसँगै पिङले चिनियाँ सेनामा मेजर जनरलको जिम्मेवारी पनि सम्हाल्दै आएकी छिन् । सन् २०११ मा उनी क्षयरोग र एचआईभी एड्स्विरुद्धको अभियानका लागि विश्व स्वास्थ्य संगठनको ‘ब्रान्ड एम्बेसडर’ बनेकी थिइन् ।

महिला शिक्षाको प्रवद्धन गर्न पनि उनले विशेष जोड दिदैँ आइरहेकी छिन् । विदेशमा औपचारिक कार्यक्रममा जाँदा पिङको फेसन स्टाइलले अन्तर्राष्ट्रिय मिडियामा राम्रो ‘स्पेस’ पाउने गरेको छ ।

३. री सोल जु :

उत्तर कोरियाका नेता किम जोङ उनको श्रीमती बारे देशभित्र कमै मात्र समाचार बन्छन् । तर, अन्तर्राष्ट्रिय मिडियाले किमकी श्रीमतीका बिषयमा धेरै खोजी गर्ने गरेको थियो । यसै वर्ष किमको २८ मा चीन भ्रमणका क्रममा री सोल आकर्षणको पात्र बनेकी थिइन् ।

उनले आफ्ना श्रीमान्सँगै चिनियाँ राष्ट्रपति सी जिन पिङसँग शिष्टाचार भेट गरेकी थिइन् । अप्रिलमा दक्षिण कोरिया र उत्तर कोरियाबीच भएको वार्ताको दैरान री सोल जु पनि उपस्थित थिइन्।

उनलाई उत्तर कोरियाकी ‘सम्मानित प्रथम महिला’ भनेर सरकारी सञ्चार माध्यमले पहिलो पटक सम्बोधन गरेको थियो । उनी तीन छोराछोरीकी आमा समेत हुन ।

सोफी गिगोइरे:

क्यानेडेली राष्ट्रपति जस्टिन ट्डियुकी श्रीमती सोफी कुनै समय टेलिभिजनको प्रस्तोता थिइन् । अहिले समाजसेवामा सक्रिय छिन् ।

४३ वर्षकी सोफी विभिन्न कार्यक्रम होस्ट पनि गछिन् । गैर सरकारी संस्थाले गर्ने विभिन्न काममा स्वयंसेवकको रुपमा सहभागी हुन्छिन् महिला र बालबालिकाका मुद्दामा उनको चासो धेरै रहन्छ । ब्रिगिटी माक्रोनः फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन युवा छन् ।

४० बर्षीय माक्रोनबाट देशले ठुलो अपेक्षा गरेको छ । फ्रान्सकी प्रथम महिला ब्रिगिटी माक्रोन भने ६५ वर्षकी भइन् । आफुभन्दा २५ वर्ष कान्छा युवासँगको ब्रिगिटीको प्रेम सम्बन्ध रोचक छ । पूर्वपति आन्द्रे लुइससँगको ३२ वर्षे लामो सम्बन्ध तोडिएको एक वर्ष पछि ब्रिगिटीले इम्मानुयलसँग विवाह गरेकी थिइन् ।

पूर्वपतिका तीन छोरी अहिले ब्रिगिटीसँग छन् । ९० को दशकमा इम्मानुयल पढ्ने स्कुलमा ब्रिगिटीले पढाउथिँन् ।

त्यहि क्रममा शिक्षक र विद्यार्थी बिच प्रेम बसेको हो । बुस्रा बिबी पाकिस्तानी मिडियाहरु दुई महिलालाई ‘फस्र्ट लेडी’का रुपमा सम्बोधन गर्छन् । 

राष्ट्रपति आरिफ अल्भिकी श्रीमती सामिना अल्भि र प्रधानमन्त्री इमरान खानकी पत्नी बुस्रा मानेका । पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी कार्यकारी पदमा भएका कारण पनि उनकी पत्नी बुस्रा मानेकाको चर्चा धेरै हुन्छ ।

खाबर नेकासँगका ३० वर्षे वैवाहिक सम्बन्धलाई गत वर्ष पुर्णविराम लगाएपछि यसै वर्ष मानेकाले इमरानसँग विवाह गरेकी थिइन् । पहिलो श्रीमानबाट उनका तीन छोरी र दुई छोरा छन् । उनी धार्मिक काम निक्कै रुची राख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?