काठमाडौं । क्यामरुनको टिम दाउफिन्सले मनकामना पोखरा कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरा रंगशालामा आइवार सम्पन्न भएको फाइनल खेलमा दाउफिन्सले शसस्त्र प्रहरीको ‘एपीएफ’ क्लबलाई एक-शुन्य गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । तर, दोस्रो हाफमा सुधारिएको खेल खेलेको दाउफिन्सले गोल ग-यो ।
खेलको ५४ औँ मिनेटमा यानिकले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । निर्धारित समयसम्म एपीएफले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा १-० को जित निकाल्यो ।
दाउफिन्सले उपाधिसँगै सात लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको एपीएफले साढे तीन लाख रुपैया हात पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया