‘समर लभ’ लाई दर्शकले रुचाए, निर्माण टिम मख्ख

काठमाडौं – शुक्रवारबाट प्रदर्शनरत फिल्म 'समर लभ' लाई दर्शकले साथ दिएको निर्माण टिमले बताएको छ । झरी परेका कारण फिल्मको व्यापारमा प्रभाव पारेपनि दर्शक हलसम्म आएको निर्माण टिमले जनाएको हो ।

फिल्मले शुक्रवारको तुलनामा शनिवार उच्च व्यापार गरेको छ भने अतित र सायालाई हलमा दर्शकले समेत भेटेका छन् । फिल्म रिलिज भएदेखि नै प्रतिकृया लिन निर्माण टिम राजधानीका विभिन्न हल पुगेका थिए ।

दर्शकको उपस्थितिले फिल्म टिम मख्ख देखिन्थ्यो । मल्टिप्लेक्समा मात्र नभएर सिंगल थिएटरका हलमा पनि फिल्मको व्यापार राम्रो भएको निर्माण टिमले जनाएको छ । फिल्मका निर्देशक मुस्कान ढकालले दर्शकले मुख खुम्च्याएको आफूले नभेटेको बताए ।

मल्टिप्लेक्समा पनि फिल्मको फिडब्याक राम्रो छ । कतिपय दर्शकले भने उपन्यासले जस्तो फिल्मले मन जित्न नसकेको पनि बताएका छन् ।

भ्यालेनटाइन डेको अवसरा पारेर रिलिज भएको यो फिल्मको कथा पनि प्रेमकथा नै हो । हल सञ्चालकहरूले पनि फिल्मले राम्रो व्यापार गरेको बताएका छन् ।

सुबिन भट्टराईको उपन्यासमा आधारिक यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, ओमप्रतिक, कविता रेग्मी, शिशिर भण्डारी लगायतले अभिनय गरेको  फिल्मको पटकथा सुबिन र सामिप्यराज तिमिल्सेनाले लेखेका छन् ।

सञ्जय लामाको छायाँकन रहेको फिल्ममा कार्यकारी निर्माता बिनोद अधिकारी छन् भने इन्दु भण्डारी र खगेन्द्र श्रेष्ठ निर्मातामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?