‘ए मेरो हजुर ३’ को टिजर, कस्तो देखियो अनमोल र सुहानाको जोडी?

काठमाडौं । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक गरिएको छ । चैत्र २९ गतेलाई रिलिज मिति तोकेको यो फिल्मको युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो ।

झरना थापाले निर्देशन गरेको यो फिल्मको निर्माण सुनीलकुमार थापाले गरेका हुन् । फिल्ममा अनमोल केसीलाई स्टारका रुपमा प्रस्तुत गरिएको छ भने सुहाना उनको जोडीका रुपमा छिन् । सुहानाले यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन् । उनी निर्देशक झरना थापा तथा निर्माता सुनीलकुमार थापाकी छोरी हुन् ।

१ मिनेट १३ सेकेन्ड लामो टिजरमा अनमोल र सुहानाको जोडी सुहाउँदो देखिएको छ । फिल्ममा सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, सरोज खनाल लगायत कलाकारको पनि अभिनय रहेको छ ।

झरना थापा र सुमन पौडेलको कथा रहेको यो फिल्ममा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेलको स्किृप्ट र संवाद लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?