सेना एक्लैले ६ अर्ब ६१ करोड ४५ लाखको गाडी किन्यो

काठमाडौं– मितव्ययी हुने सरकारी नीति भएपनि सवारीसाधनमा राज्यको खर्च अनियन्त्रित छ  ।

मर्मत गरेर गाडी चलाउनुको साटो सरकारी कार्यालयहरु नयाँ किन्ने प्रतिस्पर्धामा रहेका छन् ।

अझ राज्यका सबै निकायभन्दा सेना एक्लैले धेरै खर्च गरेको छ ।

सेनाले गत आर्थिक वर्षमा ६ अर्ब ६१ करोड ४५ लाखका सवारीसाधन किनेको छ । जवकी राज्यकास अन्य सबै निकायका लागि ६ अर्ब ६१ करोड ३८ लाखका गाडी खरिद गरिए । यसको सम्पूर्ण विवरण महालेखापरीक्षकको कार्यालयमा पुगिसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?