एसियाली खेलकुदको जुडोको प्रशिक्षणका लागि जर्मन प्रशिक्षक मन्सुरी काठमाडौंमा

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच शुक्रबार भेटघाट भएको छ ।

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन् ।

भेटका अवसरमा सदस्य–सचिव घिसिङले मन्सुरीसंँग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

इरानका पूर्व मुख्य प्रशिक्षक सातौं डान मन्सुरीलाई अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले पठाएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

‘तत्कालका लागि उहाँ (मन्सुरी) लाई १९ औं एसियाली खेलकुदको तयारीमा केन्द्रित गराउने छौं । थप कुरा एसियाली खेलकुद पछि हुनेछ ।’ हाङझाव एसियाडका लागि जुडोबाट समान ४–४ पुरुष-महिला गरी ८ खेलाडी प्रशिक्षणमा छन् । उनीहरुले नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल केन्द्र (एमएमएसी) मा दिनको २ चरणमा प्रशिक्षण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?