खुकुरी देखाउदै ७० वर्षीय हजुरबुवाद्धारा १३ वर्षीय नातिनी बलात्कृत

गुल्मी । खुकुरी देखाउँदै आफ्नै १३ वर्षीय नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा  ७० वर्षीय हजुर बुवालाई गुल्मी जिल्ला प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मालिका गाउँपालिका घमिरका ती ७० वर्षीय बृद्धलाई  लुकेर बसेको अबस्थामा भारतको आशम बाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार बाग्लुङ्गबाट बहिनीको गाउँ गुल्मीको जोहाङ्ग  स्थित एक विवाहमा आएका बाग्लुङ्गका २४ वर्षीय युवाले पनि १२ वर्षीय बालिकालाई बिवाह गर्ने प्रलोभन देखाउँदै बलात्कार गरेका छन ।

उनलाई त्यहाँबाट भागेर गुल्मी कै लुम्छा भन्ने स्थानमा  लुकेर बसेको अवस्थामा आईतवार प्रहरीले पक्राउ गरेको छ । नजिकको नाता परेकोले उनिहरुको पनि खोप्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?