दमौली । तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ का लागि एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय प्रस्तुत गरेको छ ।
सोमवारदेखि शुरु भएको चौथो नगरसभाको अवसरमा नगरपालिकाका उपप्रमुख मीरा जोशीले संशोधित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
चालू आवका लागि कूल एक अर्ब १२ करोड २४ लाख ३४ हजारको आय अनुमान गरिएकामा माघ २६ गतेसम्म ६० करोड ४९ लाख २६ हजार ५ सय यथार्थ आय हुन आएको नगर उपप्रमुख जोशीले जानकारी गराए ।
आन्तरिक स्रोततर्फ १४ करोड ११ लाख अनुमान गरिएकामा माघ २५ गतेसम्म सात करोड ६५ लाख ७९ हजार यथार्थ आम्दानी हुन आएको छ भने बाह्य तथा अन्य आयमा ९८ करोड १३ लाख ३४ हजार अनुमान गरिएकामा ५२ करोड ८३ लाख ४७ हजार ५ सय यथार्थ आय हुन आएको छ ।
हालसम्म हासिल गरिएको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा ४१ लाख ८८ हजार थप आय हुने गरी कूल आन्तरिक आय १४ करोड ५२ लाख ८८ हजार हुने गरी संशोधित आय अनुमान कायम गरिएको जोशीले बताए ।
बाह्य र अन्य आयतर्फ विभिन्न निकायबाट प्राप्त हुने गरी सात करोड ३६ लाख ६३ हजार थप आय तथा कूल बाह्य र अन्य आय एक अर्ब पाँच करोड ४९ लाख ९७ हजार गरी आन्तरिक, बाह्य र अन्य आयसमेत गरी कूल रु एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय अनुमान कायम गरिएको छ ।
चालू आवका लागि तेस्रो नगरसभाबाट चालू खर्च र पूँजीगत खर्चतर्फ एक अर्ब १२ करोड २४ लाख ३४ हजार विनियोजन गरिएकामा सोमध्ये चालू खर्चतर्फ रु ६४ करोड ७५ लाख १४ हजार अनुमान गरिएकामा माघ २५ गतेसम्म ३७ करोड २० लाख ६६ हजार यथार्थ आय हुन आएको छ ।
पूँजीगत खर्चतर्फ ४७ करोड ४९ लाख १९ हजार विनियोजन गरिएकामा माघ २५ गतेसम्म रु १० करोड ७९ लाख ५६ हजार खर्च भएको छ । चालू खर्च र पूँजीगत खर्चसमेत गरी कूल ४८ करोड २२ हजार यथार्थ खर्च हुन आएको छ ।
चालू आवको हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई दृष्टिगत गर्दा चालू खर्चतर्फ विभिन्न शीर्षकमा साविकको व्यय अनुमानमा पाँच करोड ७६ लाख २४ हजार थप व्यय गर्ने गरी कूल चालू खर्च ७० करोड ५१ लाख ३८ हजारको अनुमान गरिएको छ ।
पूँजीगत खर्चतर्फ विभिन्न शीर्षकमा खर्च हुने गरी साविकको व्यय अनुमानमा दुई करोड दुई लाख २७ हजार थप गर्ने गरी कूल व्यय अनुमान ४९ करोड ५१ लाख ४६ हजारको संशोधित विनियोजन कायम गरिएको छ ।
Leave a comment
यो पनि नछुटाउनुहोस्
कुशहा–बेल्ही सडकको निर्माण कार्य पुनः शुरु
लहान । लामो समयदेखि अलपत्र छाडेको सप्तरीको कुशाहा–बेल्ही सडकको काम ठेकेदार कम्पनीले पुनः शुरु ग...
फागुन ९, २०७५ | बिहिबारकोटेश्वर–कलङ्की सडक : बाहिरि लेनको निर्माण कार्य आधा सकियो
काठमाडौं । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरि लेन ‘सर्भिस ट्रयाक’ निर्माण आधा सकिए...
फागुन ८, २०७५ | बुधबारढकालखोला करिडोर निर्माण कार्य शुरु
बनेपा । बनेपा नगरपालिका–५ स्थित ढकालखोला करिडोरको निर्माण शुरु भएको छ । वडाकार्यालयको...
फागुन ९, २०७५ | बिहिबारमाथिल्लो चमेलिया पावर कम्पनीको निर्माण हुने
दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलामा माथिल्लो चमेलिया पावर कम्पनीको निर्माण गर्नेे भएको छ । ...
फागुन ९, २०७५ | बिहिबारभारतीय कम्पनीले ६२ करोडमा किन्यो सौर्य एयरलाइन्स
काठमाडौं । सौर्य एयरलाइन्स ६२ करोड रुपैयाँमा बिक्री भएको छ । विमानस्थल प्रयोग गरेबापतको शुल्क ...
फागुन १०, २०७५ | शुक्रबार