काठमाडौं । नेपाल राष्ट्र बैंकले, चालु आर्थिक वर्ष २०८०/८१ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ ।
आईतबार राष्ट्र बैंकले चालु वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको हो ।
यस्तै केन्द्रीय बैंकले विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत हुने अनुमान गरेको छ । यस्तै मौद्रिक नीतिले मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने नीति लिएकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया