भारतविरुद्धको महिला फुटबलमा नेपाल २–० ले अगाडि

काठमाडौं । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेल अन्तर्गत पहिलो हाफ सकिएको छ ।

भारतको भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले २–० को अग्रता लिएको छ ।  

खेल शुरु भएको पाँच मिनेट पनि टिक्न नपाउँदै नेपालका तर्फबाट सावित्रा भण्डारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन् । यसैगरी दुई मिनेको अन्तरालमा उनले दोस्रो गोल गर्दै टिमलाई अगाडि बढाइन् ।

दोस्रो हाफको खेल केही बेरमा शुरु हुँदैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?