‘परी’ मा विपिन र सृष्टि

काठमाडौं । विपिन कार्कीलाई लिएर फिल्म ‘परी’ को निर्माण घोषणा गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका आयोजना गरी आज (सोमवार) फिल्म निर्माणको औपचारिक जानकारी दिइएको हो ।

फिल्मलाई निशान काश्यप घिमिरेले निर्देशन गर्दैछन् । यसअघि उनले म्युजिक भिडियो निर्देशन गरेका थिए । फिल्म भने उनको यो पहिलो हो ।

यस्तै फिल्ममा विपिनको जोडी बनेर मोडल हुँदै नायिका भएकी सृष्टि खड्का देखिने भएकी छिन् । कथाका बारेमा खासै नखुलाइए पनि फिल्मले प्रेमकथा बोक्नेछ ।

फिल्मको छायांकन बैशाखबाट शुरु गरिने निर्माण टिमले जानकारी गराएको छ ।
 

तस्वीरः आर्यन बिमली 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?