महिला फुटबलमा नेपालले भारतलाई हरायो

काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकप फुटबलमा नेपालले पहिलो जित हात पारेको छ । भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा सोमवार राति भएको दोस्रो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वि भारतलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेल शुरु भएको पाँच मिनेट पनि टिक्न नपाउँदै नेपालका तर्फबाट सावित्रा भण्डारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन् । यसैगरी दुई मिनेको अन्तरालमा उनले दोस्रो गोल गर्दै टिमलाई अगाडि बढाइन् 

दोस्रो हाफमा सुधारिएको खेल खेल खेलेको भारतले १ गोल फर्कायो । खेलको ८४ औँ मिनेटमा भारतका लागि रतन बालाले एक मात्र सान्त्वना गोल फर्काइन् ।

जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक जोडेको छ भने भारतको पनि तीन अंक छ । यसअघि भएको खेलमा पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो । ६ अंक बनाएको म्यानमार भने फाइनलमा पुगिसकेको छ ।

फाइनल प्रवेशका लागि नेपालले बुधवार इरानको सामना गर्नेछ । यदि इरानलाई पराजित गर्न सकेको खण्डमा नेपाल फाइनल प्रवेश गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?