आर्सनलका मिडफिल्डर राम्सी युभेन्ट्समा अनुबन्ध

एजेन्सी । इंग्लिस क्लब आर्सनलका मिडफिल्डर आरोन राम्सी युभेन्ट्समा आवद्ध भएका छन् । 

राम्सी इटालियन क्लब युभेन्ट्समा ४ वर्षसम्मको लागि अनुबन्ध भएका हुन् । २८ वर्षिय राम्सीले जारी सिरि ‘ए’ लिगको उपाधि दौडमा रहेको युभेन्ट्सबाट हरेक साता ४ लाख पाउण्ड पाउने शर्तमा आवद्ध भएका हुन् । 

उनले आर्सनलमा ११ सिजन बिताउँदै फ्रि ट्रान्सफरबाट युभेन्ट्सबाट खेल खेल्न लागेका हुन । राम्सीले गत जनवरीमा मात्र मेडिकल गरेका थिए ।

पछिल्लो अनुबन्धनसँगै राम्सी सबैभन्दा धेरे तलब खाने पहिलो ब्रिटिश खेलाडी समेत बनेका छन् । आर्सनलसँगको सम्झौता भने उनको गत जुनमा सकिएको थियो । सन् २००८ माकार्डिफ सिटीबाट राम्सी आर्सनलमा आवद्ध भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?