इंग्लिस प्रिमियर लिगमा उल्भ्सले न्युक्यासलसँग बराबरी खेल्यो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत उल्भ्स र न्युक्यासलबीचको खेल बराबरीमा सकिएको छ । 

सोमवार राति सम्पन्न भएको २६ औँ चरणको खेलमा लिगको सातौं स्थानमा रहेको उल्भ्सले १६ औँ स्थानमा रहेको न्युक्यासल युनाइटेडसँग एक-एक गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

दोस्रो हाफमा सुधारिएको खेल खेल्दै न्युक्यासलले पहिलो गोल ग-यो । खेलको ५६ औँ मिनेटमा हेडेनले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

रोमाञ्चक बनेको खेल सकिनै लाग्दा उल्भ्सका लागि बोलीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । बराबरीपछि उल्भ्सले ३९ अंक बनाएको छ भने, न्युक्यासलको २५ अंक छ । 
६५ अंकका साथ म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ ।

समान ६५ अंक नै बनाएको लिभरपुल भने गोल अन्तरको आधारमा पछि पर्दै दोस्रो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?