काठमाडौं । टीकापुर महोत्सवमा एक करोड बराबरको कारोवार भएको छ ।
‘औद्योगिक, सांस्कुतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना’ नाराका साथ ११ दिनसम्म चलेको सो महोत्सवमा २७ लाख ६३ हजारको टिकट बिक्री भएको थियो ।
महोत्सव आयोजक स्टल व्यवस्थापन उपसमितिका संयोजक गणेश रेग्मीका अनुसार महोत्सवमा दुई सय कक्ष रहेको थियो । उक्त महोत्सवको एक लाख ५० हजार व्यक्तिले अवलोकन गरेका थिए । उद्योग वाणिज्य सङ्घ टीकापुरका अध्यक्ष परशुराम चपाईले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न १० कक्ष निःशुल्क उपलब्ध गराइएको बताए ।
महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, थारू गाउँ र मगर गाउँ मुख्य आकर्षणका रुपमा रहेका थिए । थारू गाउँ र मगर गाउँमा आ–आफ्ना संस्कृति र खानाका परिकार झल्कने वस्तु राखिएका थिए । माघ १८ गतेदेखि शुरु भएको महोत्सव मंगलवार सकिँदै छ ।
महोत्सवको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गरेका थिए । उद्योग वाणिज्य सङ्घ टीकापुरले २०६५ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया