खानेपानीको ट्याङकीमा खसेर ठेकेदारको मृत्यु

काठमाडौं । ललितपुरको ढोलाहिटीमा निर्माणाधिन खानेपानीको ट्याङकीमा खसेर ठेकेदारको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारतको वेतिया जिल्ला मसुवाट १२ घर भइ हाल काठमाडौं बस्दै आइरहेका ४९ वर्षीय इशवर महत्तो रहेका छन् ।महत्तोले मेलम्ची खानेपानी आयोजना अन्तर्गत पानीको ट्याङकी बनाउने ठेक्का लिएका थिए ।

निर्माण क्षेत्रमा काम गर्ने ११ जनालाई समेत उनेले नेतृत्व गर्दै आइरहेका थिए ।

आज बिहान चार बजे उनलाई निर्माणाधिन खानेपानी ट्याङकी भित्र मृत अवस्थानमा भेट्टिएको प्रहरी कार्यलय चापागाँउले जानकारी दिएको छ ।

साथै प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?