राष्ट्रियसभाको बैठक शुरु

काठमाडौं । राष्ट्रियसभा बैठक शुरु भएको छ । 

आज बस्ने राष्ट्रियसभाको बैठकमा नियमावली संशोधन गर्न गत पुसमा गठित मस्यौदा समितिको म्याद थपिने भएको छ । समितिका सदस्य परशुराममेघी गुरुङले मंगलबार बस्ने बैठकमा म्याद थपसम्बन्धी प्रस्ताव पेश गर्ने भएका छन् । १५ दिनभित्र संशोधनको मस्यौदा बुझाउने म्याद पाए पनि अहिलेसम्म समितिको जम्मा चार वटा बैठक बसेको छ । 

१३ पुसमा बसेको राष्ट्रियसभा बैठकद्वारा गठित समितिमा जितेन्द्रनारायण देव, जीबन बुढा, दिलकुमारी रावल थापा (पार्वती), परशुराममेघी गुरुङ, रामनारायण बिडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर सदस्य छन् ।

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले “संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यसेगरि अर्थ मन्त्री डा. युवराज खतिवडाले, प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “भुक्तानी तथा फस्र्यौट विधेयक, २०७५ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । साधै उनले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “भुक्तानी तथा फस्र्यौट विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?