सरकार तत्काल नढल्ने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तत्काल नढल्ने दाबी गरेका छन्।

मंगलवार प्रहरी निरिक्षक आधारभुत तालिम १७८ ‌औं समुहको दीक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री देशले विकास र समृद्धि हासिल नगरेसम्म सरकार नढल्ने बताएका हुन् । 

त्यसैगरि, प्रधानमन्त्री ओलीले प्रहरीको सरुवा बढुवालगायतमा अब कसैले पनि हाकिम र उच्च तहकालाई रिझाउनु नपर्ने बताएका छन् । प्रहरीको काम शान्ति र अमनचयन कायम गर्ने रहेको बताउँदै ओलीले भने,  ‘हाकिम र माथिकाको दलाली नगर्नुस्, प्रहरी दलाली गर्न होइन, दमन गर्न पनि होइन ।'

प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरेका १२ महिला र ८३ पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

कार्यक्रममा  गृहमन्त्री रामबहादुर थापाले प्रहरीको नीतिगत तहबाहेकमा राजनीतिक हस्तक्षेप नभएको भन्दै प्रहरीलाई चनाखो भएर कार्यसम्पादन गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?