दिल्लीको एक होटेलमा आगलागी हुँदा १७ जनाको मृत्यु

एजेन्सी । मंगलवार दिल्लीको करोल बाग क्षेत्रको होटलमा आगोलागी हुँदा बालकसहित कम्तीमा १७ जनाको  मृत्यु भएको छ।

दिल्ली सरकारको मन्त्री सत्येन्द्र जैनले धेरै मानिसहरुको मृत्यु निसासिएर भएको  बताएका छन् । ३५ जनाको उद्धार गरिएको छ भने घाइतेहरुलाई उपचारको लागि दिल्लीको विभिन्न अस्पताल पढाइएको छ । 

आगोलागीको कारण भने खुल्न सकेको छैन तर आवश्यक अनुसन्धान भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?