तौलिहवा-लुम्बिनी निर्माणधीन डबल लेनको सडक, गुणस्तरहीन बनेको स्थानीयको आरोप

शम्भू माली, कपिलवस्तु । भैरहवा-लुम्बिनी-तौलिहवा निर्माणधीन सडकमा निम्न गुणस्तरको र तोकिएको शर्तअनुसार काम नभएको भन्दै कपिलवस्तुका स्थानीयबासीले काममा रोक लगाउदै विरोध जनाएका छन् ।

ठेकेदारले सोही सडकबाट निकालेको पुरानो गिट्टी प्रयोग गर्ने गरेको मनोमानी ढंगले काम गरेको र तोकिएको शर्त अनुसार काम नगरेको भन्दै कपिलवस्तु नगरपालिका–८ स्थित मैनीहवा गाँउका स्थानीय सहीत वडा अध्यक्षले काममा रोक लगाएका थिए ।

वडाअध्यक्ष शिवकुमार पाण्डेयले ठेकेदारले सडकमा डोजर लगाएर खन्ने गरेको र  त्यसबाट निस्किएको गिट्टीहरु टिप्पपरमा लोड गरी केही पर रहेको सोही सकड खण्डमा खसालेर प्रयोग गर्ने गरेको बताए । 

भैरहवादेखि लुम्बिनीसम्म चार र लुम्बिनी देखि तौलिहवासम्म दुई लेनको सडक निर्माणको कार्य डेढ़ बर्षदेखि जारी छ ।

सडक निर्माण कसरी भइरहेको छ, कति प्रगति भयोे केही पनि जानकारी छैन । यस बारे ठेकेदारले स्पष्ट पार्नु पर्छ’ उनले भने । पुरानो गिट्टीप्रयोग गरिए पछि ठेकेदारको लाखौँ रुपैयाँ यसैबाट कमाएको श्रोतले जनाएको छ । 

सो सडक निर्माणको काम भारतको गाबर कन्ट्रक्सनले पाएको छ । ४१ दशमलव३ सय ८ किमीलामो सडक सन २०२१ सम्म निर्माण सम्पन्न गर्ने कार्य योजना छ । सो कम्पनीले पनि सो काम टुक्रा टुक्रा गरी पेटीमा नेपालका ठकेदारलाई बचेको छन् ।

यसै क्रममा शुद्धोदन गाँउपालिकाको बिमिहा देखि तौलिहवासम्मको १० किलो मिटर सडक निर्माणको काम भैरहवाको चैतन्यनिर्माण सेवाले किनेको छ । चैतन्य निर्माण सेवाकका प्रोपराईटर मधुसुदन आचार्यले तोकिएको शर्त अनुसार नै काम गरेको दाबी गरे । 

उनले सडकबाट निकालिएको गिट्टी लगायतका सामानहरु सडक निर्माण कार्यमा भने प्रयोग गरेको स्वीकार गरे । स्थानीयले निर्माणका गरेको अवरोध प्रशासन, स्थनीय र ठेकेदारबीच भएको छलफल पछि खोलिएको छ । त्यस विषयमा सडक कार्यालयले अध्ययन गर्ने र शर्त अनुसार काम नभएको पाइएमा कारबाही गर्ने प्रशासनले जनाएको छ ।

सोही सडकमा त्यही सडकमा खनेर निकालेको गिट्टी प्रयोग गर्नु नै थियो भने खन्ने काम किन गरियो?’ वडाध्यक्ष पाण्डेयले भने ‘पुरानो सकड खन्ने त्यही माल केही पर खसाल्ने अनि रोलिङ गरेर ठेकेदारले काम असल काम गरेका छन यस तर्फ कसैले चासो दिएका छैनन् ।’ उनले भने ।

गाबर कम्पनीका कार्यक्रम निर्देशक पवन नयनले सडक निर्माण कार्य तोकिएको शर्त मापदण्ड अनुसार नै गरिएको दाबी गरे । उनले जिल्ला समन्वय समितिले सो सडक निर्माणका लागि महेन्द्रकोटको कोन्द्रे खोलाबाट उपलब्ध गराउने गरी तोकिएको परिमाणको गिट्टी भने हालसम्म नपाएकोले समस्या परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?