काठमाडौं । आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँली व्यवसायी महामसंघले मंगलबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ । हिजो छापावला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा खरिद बिक्री भैरहेको छ । अघिल्लो दिन तेजावी सुन १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा भने नगन्य गिरावट आएको छ । आज प्रतितोला ५ रुपैयाँले घटेर आज १ हजार ४ सय ५५ रुपैयाँ तोलामा चाँदीको कारोबार भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया