भारतको आग्राको कोठीमा बेचिएका पाँच नेपाली चेलीको उद्धार, परिवारजनलाई हस्तान्तरण

काठमाडौं । भारतको आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली चेलीहरुलाई डि.एन.ए. परीक्षण गराई परिवारजनलाई हस्तान्तरण गरेको छ । 

भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरेको थियो । 

भारतमा दलाल र नक्कली बाबुआमा बनी उद्धार गरिएका पीडिताहरुलाई पूनः बेच्ने गरेको पाइएपछि समाजसेवी बालकृष्ण पाण्डेको पहलमा भारतको विशेष अदालत र जिल्ला अदालतको निर्देशन बमोजिम नेपाल ल्याईएका ५ चेलीहरुमध्ये ३ जना चेलीहरुलाई प्रहरी प्रधान कार्यालयका ए.आई.जी. पुस्कर कार्की, एस.एस.पी. ईश्वर बाबु कार्की, एस.पी.कृष्ण हरि शर्माको समन्वयमा अपराध अनुसन्धान विभाग केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रमुख राकेश कुमार सिंहको नेतृत्वमा डि.एस.पी. रविन भण्डारी लगायतको टिमले सात दिनभित्रमै परिवारजन र पीडिताको डि.एन.ए. रिपोर्ट तयार पारी बालकृष्ण पाण्डेलाई हस्तान्तरण गरेका छन् । 

 

प्रेस विज्ञप्ति

 

भारतको आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली चेलीहरुलाई डि.एन.ए. परीक्षण गराई परिवारजनलाई हस्तान्तरण

२०७५ माघ २९ गते

भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको थियो ।

भारतमा दलाल र नक्कली बाबुआमा बनी उद्धार गरिएका पीडिताहरुलाई पूनः बेच्ने गरेको पाइएपछि समाजसेवी बालकृष्ण पाण्डेको पहलमा भारतको विशेष अदालत र जिल्ला अदालतको निर्देशन बमोजिम नेपाल ल्याईएका ५ चेलीहरुमध्ये ३ जना चेलीहरुलाई प्रहरी प्रधान कार्यालयका ए.आई.जी. पुस्कर कार्की, एस.एस.पी. ईश्वर बाबु कार्की, एस.पी. कृष्ण हरि शर्माको समन्वयमा अपराध अनुसन्धान विभाग केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रमुख राकेश कुमार सिंहको नेतृत्वमा डि.एस.पी. रविन भण्डारी लगायतको टिमले सात दिनभित्रमै परिवारजन र पीडिताको डि।एन।ए। रिपोर्ट तयार पारी बालकृष्ण पाण्डेलाई हस्तान्तरण गर्नु भएको छ । उहाँहरुको सक्रिय सहयोग र अदालतले दिएको म्यादभन्दा ७ दिन पूर्व नै रिपोर्ट प्रदान गरिदिनुभएकोमा हाम्रो संस्थले उहाँहरुप्रति हार्दिक कृतज्ञतासहित धन्यवाद प्रदान गर्दछ । नेपालमा भारतबाट उद्धार गरी ल्याईएका पीडिता महिला चेलीहरुलाई आवश्यक कागजातहरुका साथै डि.एन.ए. परीक्षण गरी हस्तान्तरण गरिएको यो प्रथम पटक हो ।

अन्ततः १७ महिनाको नारकीय जीवन र १२ महिना भारत सरकारको संरक्षणमा रहेका चेलीहरुलाई सम्पूर्ण प्रक्रिया पूरा गरी आज परिवारजनलाई हस्तान्तरण गर्न सफल  भएका छौं । यस क्षणमा परिवार र पीडितहरु अत्यन्तै हर्षित हुनुहुन्थ्यो । नेपाल दूताबास, नेपाल प्रहरी, माइती ईण्डियाको टिम, मिडिया लगायत सम्पूर्ण सहयोगी साथीहरुलाई आभार प्रकट गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?