पन्ध्र सय तस्वीरमध्ये विजयी केही फोटाहरु, विजेताको झण्डै होस उडेन

सिर्जना मिश्र-

बेलायतको राष्ट्रिय पार्कको ७० औँ बार्षिकोत्सवको अवसर पारेर एक फोटोग्राफी प्रतियोगिताको आयोजना गरिएको थियो ।

तस्विर चेसायरमा बस्दै आएका किनर मेटलकले पीङक डिस्ट्रिक राष्ट्रिय पार्कको सुन्दर दृश्य आफ्नो क्यामरामा कैद गरेका थिए । यो तस्वीर १५ सय तस्विरमध्ये उत्कृष्ट एक हो । 

उनले बिजेता भएपछि भने, ‘जब मलाई मेरो तस्विर प्रतियोगीताको लागि चुनिएको छ त्यति बेला यो सुनेर राम्रो लागेको थियो तर जब म बिजेता भएको सुने मेरो खुसीको सिमा नै रहेन । ’ 

गैरेथ सोम स्नोडोनिया नेशनल पार्कको उक्त मनमोहक तस्विर मा उप बिजेता बनेका हुन् ।  चौथो पटकको प्रयास पछि उनले यो तस्विर क्यामरामा कैद गरेका हुन् । 

हेलेन स्टापरले आफ्नो क्यामरामा कैद गरको तस्विर ब्रोड्न नेशनल पार्कमा लिइएको हो । यो तस्विरको प्रतियोगीताको सर्ट लिस्ट मा पर्न सफल भएको हो । 

क्लो स्विफ्टले डर्टमुर नेशनल पार्कमा बसिरहेका आफ्नो चार वर्ष र ७ बर्षको छोरा छोरीको तस्विर आफ्नो क्यामरामा कैद गरेका थिए । 

स्टीव बर्नेटले आफ्नोे क्यामरामा कैद गरेका उक्त उडिरहेको उल्लुको तस्विरले विश्वभरिनै चर्चा पाएको छ ।

एक्समुर नेशनल पार्कको यो तस्वीर शानदेवले आफ्नो क्यामरामा कैद गरेका हुन् । 

गिलियन थोमसले पातझर्ने समयमा आफ्नो क्यामरमा उक्त तस्बिर कैद गरेका हुन् सो तस्विर फरेस्ट नेशनल पार्कको हो । 

पेमब्रोकशायर कोस्ट नेशनल पार्क बाट आफ्नो क्यामरामा कैद गर्न  सफल सो तस्विर समुद्री लहरा मा दौडिरहेको यो घोडाको हो । उतm तस्विर थोमस ब्राउनले लिएका हुन् । 

उक्त तस्विर कैरगोर्म नेशनल पार्कको हो सो तस्विर जोन रोबर्टस ले आफ्नो क्यामरामा कैद गरेका हुन् ।

 एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?