१४ वर्षीय बालकको घाँटी रेटेर हत्या

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडमा १४ वर्षीय बालक सचिन सिन्जालीको घाँटी रेटेर हत्या भएको छ । 

लेकसाइड स्थित निर्माण भइरहेको एक घरमा माघ २९ गते मंगलबार हत्या भएको अवस्थामा शव फेला परेका हो । 

पाल्पा जिल्ला घर भइ लेकसाइडमा परिवारसगँ बस्दै आएका सिन्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?