व्यास नगरपालिकाद्वारा खेलमैदान व्यवस्थित गर्न पच्चीस लाख विनियोजन

दमौली । तनहुँको दमौलीमा निर्माण हुने खेलमैदानका लागि व्यास नगरपालिकाले २५ लाख थप बजेट विनियोजन गरेको छ । 

गत आर्थिक वर्षमा १५ लाख विनियोजन गरेको नगरपालिकाले मंगलवार सम्पन्न चौथो नगरसभाबाट थप २५ लाख बजेट विनियोजन गरेको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेले व्यवस्थित र सुविधासम्पन्न रंगशाला निर्माणका लागि नगरपालिकाको तर्फबाट बजेट विनियोजन गरिएको जानकारी दिए ।

विपी वनवाटिकाको मैदानलाई रङ्गशाला बनाउन नगरपालिका र अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’बीच सम्झौता भइसकेको छ । 

उनका अनुसार रङ्गशालामा प्याराफिट र ड्रेसिङ रुमको निर्माण तत्कालै थालिनेछ । नगरपालिकाले गत वर्ष दश लाखको लागतमा मैदान सम्याउने काम गरेको थियो । सहमतिअनुसार एन्फाले खेलमैदानमा तारबारसहित अन्य संरचना बनाउनेछ ।

एन्फाको गोल प्रोजेक्टअन्तर्गत खेलमैदानको सुधारका लागि  पाँच लाख सहयोग भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?