महिला गोल्डकप फुटबल : अन्तिम खेलमा नेपालले इरानको सामना गर्दै

काठमाडौं । हिरो महिला गोल्डकप फुटबल अन्तर्गत आज नेपालले अन्तिम खेलमा इरानको सामना गर्दैछ । 

यी दुई टिमबीचको खेल भारतको उडिसास्थित कालिङ्गा रंगशालामा आज दिउँसो सवाँ ४ बजेपछि शुरु हुनेछ । आजको खेलमा इरानलाई पराजित गरेको खण्डमा नेपाल फाइनलमा प्रवेश गर्ने अवसर छ ।  तर, नेपालको सम्भावना भारत र म्यान्मारबीचको खेलको नतिजाले कुर्नुपर्नेछ ।

पहिलो खेलमा म्यान्मारसँग ३-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने नेपालले चिरपरिचित प्रतिद्धन्दी भारतलाई २-० गोल अन्तरले पराजित गरेको थियो । म्यान्मार ६ अंकसहित शिर्ष स्थानमा छ ।

नेपाल र भारतको समान ३-३ अंक छ । यता इरान भने अंक विहिन छ । चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?