एजेन्सी । ‘युईएफए’ च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ विजयी भएको छ ।
आफ्नो घरेलु मैदान आल्डट्राफोर्ड मंगलवार राति सम्पन्न भएको खेलमा फ्रान्सेली ‘पिएसजी’ले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित ग-यो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
पिएसजीका लागि खेलको ५३ औँ मिनेटमा प्रेसनेल किम्पेम्बेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै ६० औँ मिनेटमा केलियन एमबाप्पले गोल गरे । खेलको ८९ औँ मिनेटमा पाउल पोग्बा रातो कार्ड खादैं मैदानबाट बाहिरिएपछि म्यान्चेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो । पीएसजीका स्ट्राइकर नेयमार र काभानी भने चोटका कारण मंगलवाररातिको खेलमा अनुपस्थित थिए ।
निर्धारित समयसम्म युनाइटेडले पनि केही गोल गर्ने मौका पाएपनि सदपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो । ओले गुनर सोल्सायरले युनाइटेड सम्हालेपछि पहिलो पटक हार बेहोरेको हो । अब प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेल ‘पिएसजी’को मैदानमा हुनेछ ।
त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा रोमाले एफसि पोर्टोलाई २-१ गोल अन्तरले पराजित ग-यो ।
रोमाको जितमा ज्यानिलोले खेलको ७० औँ र ७६ औँ मिनेटमा दुई गोल गरेका थिए । यता पोर्टोका लागि खेदको ७९ औँ मिनेटमा लोपेजले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया