काठमाडौं । धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको छ ।
फाप्ला क्रिकेट मैदानमा बुधवार भएको पहिलो खेलमा काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।
१ सय ३५ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको महेन्द्रनगरको पारी ८ विकेटको क्षतीमा मात्र १ सय २७ रनमा समेटिइको थियो । महेन्द्रनगरका लागि अमर सिंह रौटेलाले अविजित २८ रनको योगदान दिए ।
त्यस्तै कप्तान शरद भेषवाकरले २३ रन, आरिफ शेखले १८ रन, आनन्द सुब्रमन्यु १५ रन तथा रोहित कुमार पौडेलले १० रन जोडेका थिए । यता काठमाडौंका लागि राशिद खानले ३ तथा अंकित दबासले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । काठमाडौंका लागि अंकित दबासले नटआउट ६५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै योगेन्द्र सिंह कार्कीले नटआउट २२ रन, कप्तान ज्ञानेन्द्र मल्लले १४ रन, महेबुब आलमले १३ रन तथा अनिल कुमार साहले ६ रन जोडेका थिए ।
महेन्द्रनगरका अमर सिंह रौटेलाले २ विकेट तथा मोहमद नाभिद, सागर ढकाल र अविनाश बोहराले समान १-१ विकेट लिए । जितपछि काठमाडौंले २ खेलबाट ४ अंक बनाएको छ ।
यसअघि भएको पहिलो खेलमा काठमाडौंले धनगढीलाई ४ विकेटले हराएको थियो । यता महेन्द्रनगरको भने यो दोस्रो हार हो । यसअघि महेन्द्रनगर रुपेन्देही च्यालेन्सर्ससँग २ रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया