लहान । सिरहाको मिर्चैयामा स्कूल बस र टेम्पो एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बुधवार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कूल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको टेम्पु सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा एकापसमा ठोक्किँएको हो ।
बस र टेम्पु एकापसमा ठोक्किँदा टेम्पुमा सवार मिर्चैया नगरपालिका–२ निवासी २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।
सोही दुर्घटनामा परी गम्भीर घाइते एकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया