फाइल तस्वीर
काठमाडौं । शसस्त्र प्रहरीको ‘एपिएफ’ क्लबले दिदी बहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
बुधवार सम्पन्न भएको फाइनल खेलमा एपिएफ क्लबले न्यु डाइमण्ड एकेडेमीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । एपिएफले न्यु डाइमण्डलाई खेलको पहिलो सेटमा २५–१८ ले, दोस्रो सेटमा २६–२४ सेटले तथा चौथो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको थियो ।
तर, अन्तिम सेटमा भने एपिएफले न्युडाइमण्डसँग २५-२१ ले गुमाएको थियो । उपाधिसँगै एपीएफले नगद २ लाख रुपैयाँ जितेको छ ।
त्यस्तै उपविजेता बनेको न्यु डाइमण्डले १ लाख रुपैयाँ प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया