काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज अमेरिकी डलरको भाउ सामान्य बढ्दा युरो र पाउण्डको मूल्य भने घटेर आएको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ०८ पैसा र बिक्री दर १४४ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २९पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको छ ।
शुक्रबार युरो १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा थियो । पाउण्डको मूल्यमा पनि आज गिरावट आएको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा पुगेको छ । आज डलरको भाउ बढेर आएको छ । शुक्रबार डलर १३० रुपैयाँ ८० पैसामा खरिद र १३१ रुपैयाँ ४० पैसामा बिक्री भएको थियो ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया