काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकप फुटबल अन्तर्गत नेपाल र इरानबीचको पहिलो हाफको खेल सकिएको छ ।
उडिसास्थित कालिङ्गा रंगशालामा बुधवार भएको खेलमा नेपालले पहिलो हाफसम्म एक-शुन्यको अग्रता लिएको छ । प्रतिस्पर्धात्मक खेलको ४१ औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् । उनले फ्रिकिकमार्फत आएको बललाई सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाइन् ।
यसअघि भएको पहिलो खेलमा नेपाल म्यान्मारसँग ३-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने नेपालले चिरपरिचित प्रतिद्धन्दी भारतलाई २-० गोल अन्तरले पराजित गरेको थियो । म्यान्मार ६ अंकसहित शिर्ष स्थानमा छ ।
नेपाल र भारतको समान ३-३ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया