विधान विवादमा पछि हटे देउवा

काठमाडौँ – स्वत: प्रतिनिधि बन्ने प्रावधान राखेर विधान पारित गरिए फरक मत लेख्ने संस्थापनइतरको चेतावनीपछि कांग्रेस सभापति शेरबहादुर देउवा पछि हटेका छन् । केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा बहुमतबाट विधान पारित गराउन तम्सेका उनी आफ्नै समूहले विवाद नबढाउन दबाब दिएपछि हच्किएका हुन् ।

विधान पारित नहुँदा अनुशासन समितिसमेत गठन हुन सकेन । बैठक सुरु हुनुअघि देउवाले पार्टी केन्द्रीय कार्यालयमा आफ्नो समूहको आन्तरिक छलफल गरेका थिए । छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, श्याम घिमिरेले बहुमतबाट पारित गर्न नहुने भन्दै सहमतिबाट अघि बढ्न सुझाएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?