काठमाडौं । नेपाल जारी हिरो महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेता बन्दै अन्तिम दुईमा पुगेको हो ।
म्यान्मार जारी खेलमा अपराजित रहँदै ९ अंकका साथ फाइनलमा पुगेको हो । त्यस्तै नेपालले ३ खेलबाट ६ अंक बनाएको थियो । भारतले मात्र ३ अंक बट्ल्यो । इरान भने अंक विहिन बनेको थियो ।
अब नेपालले उपाधिका लागि भोली ‘शुक्रवार’ म्यान्मारसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया