गण्डकी प्रदेशलाई हक्की प्रतियोगिताको उपाधि

भद्रपुर । प्रथम गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । 

झापाको मेची रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवान आर्मी क्लबलाई १–० गोलअन्तरले हराउँदै गण्डकीले उपाधि जितेको हो । उपाधिसँगै गण्डकीले २० हजारसहित ट्रफी तथा मेडल प्रापत गरेको छ ।

त्यस्तै, उपविजेता आर्मीले १५ हजार पुरस्कार प्राप्त ग¥यो । प्रदेश नं १ लाई सडन डेथमा ७–६ गोलअन्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेश तेस्रो भयो । सुदूरपश्चिमले पाँच हजार रुपैयाँ पुरस्कार हात पा-यो । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी गण्डकीका श्रवण कुमार, उत्कृष्ट गोलकर्ता आर्मीका राम साह, उत्कृष्ट गोलकिपर आर्मीका पुरन एल र उदयीमान खेलाडी प्रदेश नं १ का अनिष मगर घोषित भए ।

नेपाल हक्की सङ्घका केन्द्रीय अध्यक्ष उमेशलाल श्रेष्ठका अनुसार उनीहरुलाई पाँच हजार र ट्रफीसहित पुरस्कृत गरिएको थियो । राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा नेपाल हक्की सङ्घको आयोजनामा हक्की प्रतियोगितामा कर्णाली प्रदेशबाहेक ६ प्रदेश र नेपाल आर्मीको सहभागितामा रहेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?