— सिर्जना मिश्र
काठमाडौं । किराको संख्यालाई लिएर गरिएको वैज्ञानिक अनुसन्धानबाट ४० प्रतिशत प्रजातीका किराहरु विश्वबाट नै लोप हुने अबस्थामा पुगेको छ ।
उक्त अध्ययनका अनुसार मौरी, कमिला, अन्य स्तनधारी जीव तथा पंक्षिहरुको प्रजाती लोप हुने अवस्थामा पुगको बताइएको छ । त्यस्तै अनुसन्धानकर्ता भन्छन्, ‘केही प्रजातीहरु जस्तै भिंगा, साङ्ला आदिको संख्या भन्ने बढ्ने संभावना रहेको छ ।’ साथै खेतबारीमा प्रयोग गरिएको अत्याधिक किटनाशक औषधि र जलवायु परिवर्तका कारण किराको संख्या लोभ हुँदै गएको बताइएको छ ।
पृथ्वीमा रहने जीवजन्तु मध्ये किराको संख्या प्रमुख मानिन्छ । मानिसहरुले लगाउने अन्नवालीलाई जोगाउन केही हदसम्म किराले सहयोग पु¥याउँदै आइरहेको छ । किराले विश्वका ७५ प्रतिशत खाद्यान्नलाई जोगाउने काम गर्छ । किराहरुले माटोलाई मलिलो र खुकुलो बनाउँछ र माटोमा असर गर्ने किराफट्याग्राको संख्यालाई नियन्त्रण राख्न सघाउँ समेत पु-याउँछ ।
हालै गरिएको एक अध्ययन अनुसन्धानअनुसार किराहरुको धेरै प्रजातीहरुमध्ये मौरीको संख्यामा समते कमी आएको छ ।
नयाँ अनुसन्धान पत्र वोर्डका अनुसार ‘बायोलोजिकल क्नर्जभेसन’ नामको जर्नलमा प्रकाशन गरिएको पत्रमा पछिल्लो १३ वर्षमा दुनियाँको विभिन्न क्षेत्रमा प्रकाशित ७३ शोधको समिक्षा गरिएको छ ।
अनुसन्धानकर्ताका अनुसार सबै क्षेत्रमा मौरीको संख्यामा कमि आउने छ । साथै अब आउने केही दशकमै ४० प्रतिशत किराहरु लोप हुने समेत जनाएको छ ।
सिड्नी विश्वविद्यालयका मुख्य लेखक डा. फैसिस्को सैँशेज बायोका अनुसार यसरी मौरी लोप हुनुको मुख्य कारण यसको आवासलाई नोक्सान गर्नु हो । साथै सहरीकरण र बनजङ्गलको फडानीको कारण यस्तो समस्या आएको समेत बताए ।
उनले भने, ‘दोस्रो मुख्य कारण हो पुरै दुनियाँमै खेतीको उर्वराशतिmमा किटनाशक औषधिको प्रयोग गर्नु तथा धेरै प्रकारको विषादीयुक्त रसायनको प्रयोगमा आउनु अर्को जैविक कारण हो, जसमा अनावश्यक वर्गहरु छन्, जो अन्य ठाउँहरुमा गएर त्यहाँ यन्त्रहरुको निमार्ण गरि नोक्सान पु-याइरहेका हुन्छन्, अति गर्मी हुने ठाउँ उष्ण प्रदेशतिर जलवायु परिवर्तन भइरहेको छ, जहाँ यसको प्रभाव धेरै परेको छ ।’
कसरी बढ्दै छन् हानिकारक किराहरु ?
अनुसन्धानमा सहभागि भएकाहरुलाई यो चिन्ता छ कि किराहरुको संख्यामा कमी आउँदा यसले आहार शृङ्खलामा समेत प्रभाव पारिरहेको छ । पंक्षिहरु र जलचर प्राणीहरु जस्तै, माछा र सरीसृप समुहका धेरै प्रजातिहरु खानाको लागि यीनै किराहरुमा निर्भर छन् ।
तर, नतिजा यस्तो छ कि यस्ता किराहरुको लोप हुनुले यस्ता बिभिन्न प्रकारका प्रजातिहरुको अस्तित्वमा नै भारी संकट देखिएको बताउँछन् ।
अत्याधिक गर्मी, विषादीयुक्त रसायनको प्रयोग र जलवायु परिवर्तनका कारण किराहरुको संख्या लोप हुँदै गइरहेको समेत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया